काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलसँग मंगोलियाका पूर्वप्रधानमन्त्री तथा मंगोलियन चेस फेडेरेशनका अध्यक्ष गोम्बोजाभिन जान्दानशातारले आज शिष्टाचार भेटवार्ता गरेका छन् । सिंहदरबारस्थित शिक्षा तथा खेलकुद मन्त्रालयमा भएको भेटमा नेपाल र मंगोलियाबिचको लामो कूटनीतिक सम्बन्धको स्मरण गर्दै द्विपक्षीय सम्बन्ध, साझा हित तथा बहुआयामिक सहकार्यलाई अझ सुदृढ बनाउने विषयमा छलफल भएको थियो । साथै, विद्यालय शिक्षामा विशेष गरी चेस खेलको प्रवर्द्धन तथा भविष्यमा खेलकुदका क्षेत्रमा गर्न सकिने सहकार्यका विषयमा विचार विमर्श भएको थियो । भेटका क्रममा मन्त्री पोखरेलले नेपाल र मंगोलियाबिचको लामो समयदेखिको मैत्रीपूर्ण सम्बन्ध, समान भौगोलिक अवस्था तथा सांस्कृतिक निकटताबारे उल्लेख ... The post शिक्षामन्त्रीसँग मंगोलियाका पूर्वप्रधानमन्त्रीको शिष्टाचार भेटवार्ता appeared first on Kalika Khabar.