अनुदानको कागतीको बिरुवामा बिमिरो फलेपछि...

  • सोमबार १८ साउन २०८३ ०२:०१ PM
धादिङ : धादिङको सिद्धलेक गाउँपालिकाले अनुदान कार्यक्रममार्फत ‘सुनकागती’ भन्दै वितरण गरेको बिरुवामा तीन वर्षपछि अपेक्षित जातको सट्टा बिमिरोजस्तो देखिने फल लाग्न थालेपछि स्थानीय किसान आक्रोशित बनेका छन्। किसानले आफ्नो श्रम,समय र लगानी खेर गएको भन्दै क्षतिपूर्ति तथा निष्पक्ष छानबिनको माग गरेका छन्।गाउँपालिकाले आर्थिक वर्ष २०७९र८० मा ३ लाख रुपैयाँ बजेटबाट ६ हजार ६ सय ६६ वटा बिरुवा खरिद गरी विभिन्न वडाका किसानलाई वितरण गरेको थियो। फलफूल उत्पादन वृद्धि गर्दै किसानलाई व्यावसायिक रूपमा आत्मन