गोरखामा पहिरोले पक्की घर बगायो, एकजना घाइते

  • सोमबार १८ साउन २०८३ ०२:०१ PM
गोरखा : अविरल झरीपछि पहिरोले गोरखामा एक घर बगाएको छ । गोरखा नगरपालिका -९ लक्ष्मीबजारस्थित मानसिंह गुरुङको घर पहिरोले लगेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । सोमबार बिहान ११ बजे गुरुङको तीनतले पक्की घर जगैदेखि बगाएर लगेको डीएसपी राजकुमार श्रेष्ठले जानकारी दिए । ‘पहिरोले बगाएर यथास्थितिबाट करिब २० मिटर तल पुर्‍याएको छ’, उनले भने, ‘दुर्घटनामा परी सोही घरमा डेरा गरी बस्ने कटरिया नगरपालिका ७ रौतहटका  टोखान महतो घाइते भएका छन् ।’ घाइतेको हाल गोरखा अस्