वीर अस्पतालमा नर्सको प्रदर्शन

  • सोमबार १८ साउन २०८३ ०२:०१ PM
काठमाडौं : विभिन्न माग राख्दै आन्दोलनरत नर्सहरुले सोमबार काठमाडौंमा प्रदर्शन गरेका छन् । नर्सिङ क्षेत्रका सुधारका लागि नर्स ज्योति रानाभाट सुरु गरेको आमरण अनशनको पाँचौ दिन नर्सहरुले काठमाडौंको वीर अस्पतालमा प्रदर्शन गरेका हुन् ।उनीहरुले न्यूनतम पारिश्रमिकको सुनिश्चिता, श्रमशोषणको अन्त्य लगाएतका १५ बुँदे माग राखेका छन् । उनीहरुले १५ बुँदे माग पुरा गर, ज्योतिको जीवन बचाउ, न्यायमा ढिलाई जीवनमा जोखिम, नर्सिङ सुधारको स्पष्ट रोड म्याप, नर्स बचाऔं स्वास्थ्य बचाऔ लगाएत लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थ