काठमाण्डु–मधेस केन्द्रित दलका नेताहरु प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) गणतन्त्र र संघीयताप्रति इमान्दार रहेको निस्कर्षमा पुगेका छन् । उनीहरुले आफूलाई बालेन्द्रले चुनावी भाषणका क्रममा जनाएको संघीयताप्रतिको प्रतिबद्धतामा अब शंका नरहेको बताउन थालेका छन् ।सुनसरीमा गत १० साउनको राति हिन्दू–मुसलमान समुदायबीचको विवादमा गोली चलेपछि मधेसका जिल्लाहरुको वातावरण पनि तरंगित भयो । सिरहा, सप्तरी, धनुषालयतमा प्रदर्शनहरु भए ।