सुदूरपश्चिम । धनगढी उपमहानगरपालिकाले ‘पेपरलेस धनगढी’ को अवधारणा कार्यान्वयन गर्न ‘एकीकृत डिजिटल प्रणाली—युडिजिपी’ अन्तर्गत पहिलो चरणका काम सम्पन्न गरेको छ । संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी) सँगको साझेदारीमा एकीकृत डिजिटल प्रणालीको विकास सम्पन्न भएको हो । आज आयोजित पत्रकार सम्मेलनमा उपमहानगरले आफ्ना सेवालाई प्रविधिमैत्री बनाउँदै छिटोछरितो र पारदर्शी सेवा प्रवाह गर्ने उद्देश्यले निर्माण गरिएको डिजिटल