तीस महिनामा सम्पन्न हुनुपर्ने ६२ किमी हुलाकी सडक दसवर्षमा बनेन

  • सोमबार १८ साउन २०८३ ०७:४१ AM
महेन्द्रनगर । चट्टानी पहाड, भौगोलिक विकटता तथा अवरोध नहुँदा पनि कञ्चनपुरको ६२ किलोमिटर हुलाकी सडक साढे नौ वर्ष बितिसक्दा पनि सम्पन्न हुन सकेन । पटक÷पटक ठेक्काको म्याद थपेर निर्माण व्यवसायीलाई काम गर्ने मौका पनि दिइयो । स्थानीयवासीदेखि सांसद, मन्त्रीदेखि राजनीतिज्ञहरूले समेत काम समयमा सम्पन्न गराउन आग्रह गरे तर अझै हुलाकी सडक नयाँ ठेक्का प्रक्रियामा रुमलिएको