बस्ती पसेर दैनिक दुःख दिने गरेको जङ्गली हात्ती ध्रुवे दाह्रा काटिएपछि पनि निकुञ्ज भित्रै बस्ने गरेको छ । जनधनको क्षति पुर्याएपछि ध्रुवेलाई नियन्त्रणमा लिएर गत असार ३१ गते चितवन राष्ट्रिय निकुञ्ज भित्रको सुखिभार पोष्ट नजिक दुई वटै दाह्रा काटिएको थियो । सो हात्तीका शरीरमा नयाँ ‘रेडियो कलर’ जडान गरिएको थियो । निकुञ्जका संरक्षण अधिकृत प्रवीन