काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ । दलका नेता भीष्मराज आङदेम्बेले सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बस्नेगरी बैठक बोलाएका हुन् । बैठक दिउँसो ३:३० बजेबाट सुरु हुनेछ। बैठकमा समसामयिक राजनीतिक घटनाक्रम, भोलि बस्ने प्रतिनिधिसभाको बैठकलगायतको विषयमा छलफल हुने जनाइएको छ।