काठमाडौं : सङ्घीय संसद, प्रतिनिधिसभा अन्तर्गतका विभिन्न चारवटा समितिको बैठक आज अलग अलग बस्दैछन् । अर्थ समिति,महिला तथा सामाजिक मामिला समिति,शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समिति र सार्वजनिक लेखा समितिको बैठक बस्न लागेको हो । नेपाल राष्ट्र बैङ्क ऐन,२०५८ लाई संशोधन गर्न बनेको विधेयकमाथि दफावार छलफल गर्ने प्रस्तावित कार्यसूची रहेको अर्थ समितिको बैठक मध्याह्न १ बजे बस्नेछ भने दिउँसो २ बजेका लागि बस्न लागेको लेखा समितिको बैठकमा समितिमा प्राप्त उजुरीमाथि छलफल हुने सङ्घीय संसद् सचिवा