विराटनगर : विराटनगरका प्रतिष्ठित उद्योगी प्रकाश मुन्दडाको विराटनगरस्थित निवास र कार्यालयमा सोमबार बिहान प्रहरीले छापा हानेको छ । मुन्दडा मोरङ उद्योग व्यापार संघका पूर्वअध्यक्ष तथा नेपाल उद्योग परिसंघ कोशीका उपाध्यक्ष हुन् । उनको घर तथा कार्यालयमा प्रहरीले सञ्चालन गरेको सघन खानतलासीबाट केही फेला परेन । करिब साढे पाँच घण्टासम्म चलेको ‘मेगा अपरेसन’पछि प्रहरी टोली रित्तो हात फर्किएको छ । बिहान करिब ४ बजेदेखि विराटनगर महानगरपालिका–७ स्थित मुन्दडाको घर र कार्यालयमा ठूलो संख्यामा