काठमाडौँ : राजधानीको केन्द्र मानिने माइतीघर मण्डलाक्षेत्र सामान्य वर्षा हुँदा पनि जलमग्न हुने समस्या वर्षौंदेखि दोहोरिँदै आएको छ । सिंहदरबार, सर्वोच्च अदालत, विभिन्न मन्त्रालय तथा कूटनीतिक नियोग जाने मुख्य सडक नै जलमग्न भएपछि सर्वसाधारणदेखि विशिष्ट व्यक्तिसम्म प्रभावित हुँदै आएका छन् । त्यस क्षेत्रमा समान्य वर्षामा पनि सडक जलमग्न हुँदा पैदल यात्री र सवारीसाधन आवतजावत तथा ट्राफिक जामको समस्या, सडक दुर्घटनाको जोखिम हुने गरेको छ । दीर्घकालीन रुपमा समस्या समाधानका लागि ठोस पहल र नीति नबनाइँदा बर्सेनि डुबानको समस्या बल्झिरहेको छ । काठमाडौं महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डङ्गोलले माइतीघरमण्डला क्षेत्रमा वर्षायाममा दोहोरिने डुबान ... The post माइतीघर डुबान समस्याः दीर्घकालीन समाधानको खोजी गरिँदै appeared first on Kalika Khabar.