तस्बिरमा हेर्नुहोस् सुन्दरीजलमा बोलबम यात्रा

  • सोमबार १८ साउन २०८३ ०१:०१ PM
काठमाडौं : साउनको दोस्रो सोमबार बोलबम यात्रा गर्न भक्तजन सुन्दरीजलमा पुगेका छन् । प्रत्येक वर्ष साउन महिनाको सोमबार बाग‍मती नदीको किनारस्थित सुन्दरीजलमा जम्मा भएका भक्तजनले स्नान गरी जल पशुपतिनाथ मन्दिरमा लगेर चढाउने गर्छन् ।दर्शनार्थीको सहजताका लागि पशुपतिनाथ मन्दिरका चारै ढोका खोलिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ। पशुपति नाथमा बोल बम यात्रीका लागि विशेष व्यवस्था गरिएको छ। पशुपतिनाथसँगै राजधानीका गोकर्णेश्वर, नागेश्वर, डोलेश्वरलगायत सबै शिव मन्दिरमा पनि भक्तजनको लाम लागेको जनाइएको छ।