विराटनगर : सुनसरीको देवानगन्ज गाउँपालिका–३ कप्तानगन्जमा भएको गोलीकाण्डका बारेमा राष्ट्रिय मानव अधिकार आयोगको कोशी प्रदेश कार्यालय विराटनगरले औपचारिक अनुसन्धान सुरु गरेको छ । आयोगले घटनालाई स्वविवेक उजुरीका रूपमा दर्ता गर्दै जिल्ला प्रहरी कार्यालय सुनसरीसँग सात दिनभित्र विस्तृत विवरण उपलब्ध गराउन निर्देशन दिएको हो । आयोगको केन्द्रीय कार्यालय हरिहरभवनको निर्देशनअनुसार अनुसन्धान अघि बढाइएको जनाउँदै आयोगको कोशी प्रदेश कार्यालयका निमित्त प्रमुख दयाराम पाठकले जिल्ला प्रहरी कार्यालय सुनसरीला