कीर्तिमानी आरोही गुरुङ गुमाएपछि लाप्राकवासी शोकमा

  • सोमबार १८ साउन २०८३ ०१:०१ PM
गोरखा : कीर्तिमानी आरोही पुरबहादुर गुरुङ (युक्त)को निधनले आरोहीको गाउँ भनेर प्रसिद्ध लाप्राक गाउँ शोकमा डुबेको छ। गत बिहीबार पाकिस्तानको ब्रोड पिकको हिउँपहिरोमा परी मृत्यु भएपछि उनका आफन्त र गाउँले काठमाडौं, काभ्रेस्थलीस्थित उनको निवासमा भरिभराउ छन्।शोकाकुल परिवारसँग समवेदना प्रकट गर्न तथा परिवारलाई संरक्षकत्व प्रदान गर्न गाउँलेहरू भेला भएको लाप्राककै नेपालका प्रथम अन्तर्राष्ट्रिय पर्वतारोहण पथप्रदर्शक सुनार गुरुङले जानकारी दिए। आफन्त तथा छरछिमेकी पाकिस्तानबाट युक्तको शव आउने पर्खाइमा