साउन सनातन धर्मावलम्बी एवं नेपाली समाजका लागि केवल आध्यात्मिक महिना, हरियो पहिरन, सौभाग्य र व्रत उपासनाको मात्र होइन । यो प्रकृतिको पुनर्जागरण, जीवनको उत्सव र आध्यात्मिक जागरणको प्रतीक हो । भनिन्छ– असारको वर्षापछि धर्तीले हरियो वस्त्र धारण गर्छ, वनजंगल, खेतबारी, नदीनाला र पहाडहरू नयाँ जीवनले मुस्कुराउन थाल्छन्। चारैतिर फैलिएको हरियालीले केवल वातावरणलाई मात्र होइन, मानव मनलाई पनि शान्त, आनन्दित र आशावादी बनाउँछ। साउनको वर्षाले धुलो पखाल्छ, वातावरणलाई शुद्ध बनाउँछ र जीवनलाई नयाँ ऊर्जा द