साउनको पहिलो हप्ता बीपी स्मृति दिवस सम्पन्न भयो। हालसालै सकिएको विश्वकप फुटबलदेखि नै सानो छोरा श्रुहितले खेलकुद र राजनीतिबारे बहस पैरवी भइरहन्थ्यो। विश्वकप सकिएपछि स्मृति दिवसको अपडेट लिएको रहेछ । प्रसंगवश उसले प्रश्न गर्यो, बीपी कोइरालालाई नयाँ पुस्ताले कसरी सम्झने ? १० कक्षामा पढ्दै गरेको छोराले गरेको यो गम्भीर प्रश्नले मलाई तीन दशकअघिको राजनीतिक परिवेशसम्म डोर्यायो। आजभन्दा ३६ वर्षअघि मैले नेपाली कांग्रेसका पूर्वसांसद रामजीवन सिंहसँग दोलखामा यही प्रश्न गरेको थिएँ। मेरो प्र