यात्रुसहितको कार सुनकोसीमा खस्यो

  • सोमबार १८ साउन २०८३ ०१:०१ PM
सिन्धुली  : सिन्धुलीको फिक्कल गाउँपालिका -२  नवलपुर पुल नजिक यात्रु सवार कार सुनकोसी नदीमा खसेको छ। जिल्ला प्रहरी कार्यालय सिन्धुलीका सूचना अधिकारी (डिएसपी) विजय श्रेष्ठका अनुसार काठमाडौंबाट ओखलढुंगातर्फ जाँदै गरेको बागमती प्रदेश ०८००१ ख ०१४४ नम्बरको गणेश हिमाल तराई यातायात प्रालिको बसले ठक्कर दिँदा यात्रुसहितको कार सुनकोसी नदीमा खसेको हो ।नदीमा खसेको कार र यात्रुको एकिन हुन सकेको छैन । प्रारम्भिक जानकारीअनुसार उक्त कार बससँग ठोक्किएपछि सुनकोसी नदीमा खसेको हो। कारमा एकजना निर्माण व्यवस