काठमाडौं । राजधानीको केन्द्र मानिने माइतीघर मण्डलाक्षेत्र सामान्य वर्षा हुँदा पनि जलमग्न हुने समस्या वर्षौंदेखि दोहोरिँदै आएको छ । सिंहदरबार, सर्वोच्च अदालत, विभिन्न मन्त्रालय तथा कूटनीतिक नियोग जाने मुख्य सडक नै जलमग्न भएपछि सर्वसाधारणदेखि विशिष्ट व्यक्तिसम्म प्रभावित हुँदै आएका छन् । त्यस क्षेत्रमा सामान्य वर्षामा पनि सडक जलमग्न हुँदा पैदल यात्री र सवारीसाधन आवतजावत तथा