अनशनरत नर्स रानाभाटको स्वास्थ्य अवस्था गम्भीर, माग पूरा गर्न नर्सहरू प्रदर्शनमा (तस्बिरहरू)

  • सोमबार १८ साउन २०८३ ०६:५६ AM
काठमाडौं। १५ बुँदे माग राख्दै साउन १४ गतेदेखि नेपाल नर्सिङ परिषद् परिसरमा सत्याग्रह (अनशन) सुरु गरेकी नर्स ज्योति रानाभाटको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको छ। रक्तचाप र रगतमा चिनीको मात्रा अत्यधिक घटेपछि शनिबार वीर अस्पताल भर्ना गरिएकी रानाभाटलाई स्वास्थ्य अवस्था थप जटिल बनेपछि आईसीयूमा सारिएको हो। विभिन्न सरकारी अस्पतालमा करार सेवामा काम गरिसकेकी रानाभाट हाल