राजविराज– सुनसरीको देवानगञ्ज घटनापछि सम्भावित साम्प्रदायिक तनावलाई मध्यनजर गर्दै सप्तरीको राजविराज र बोदेबर्साइन नगरपालिका क्षेत्रमा जारी गरिएको निषेधाज्ञा हटाइएको छ । जिल्ला प्रशासन कार्यालय सप्तरीले शान्ति–सुरक्षाको अवस्था सामान्य बन्दै गएको भन्दै सोमबार बिहान १० बजेदेखि निषेधाज्ञा हटाएको हो । प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाका अनुसार सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको घटनाको प्रभाव जिल्लामा पर्न सक्ने