काठमाडौं । साउन महिनाको तेस्रो सोमवार आज काठमाडौंको पशुपतिनाथ मन्दिरसहित मुलुकभरका विभिन्न शिवालयहरूमा भक्तजनको ठूलो घुइँचो लागेको छ । विशेष गरी सोमवारको दिन भगवान् शिवको पूजा–आराधना र दर्शनका लागि बिहानैदेखि श्रद्धालुहरूको उल्लेख्य उपस्थिति देखिएको हो । पशुपतिनाथ मन्दिरमा आज बिहानैदेखि भक्तजनहरू लामवद्ध भएर दर्शन गरिरहेका छन् । साउन महिना र सोमवारको विशेष धार्मिक महत्वका कारण