सर्लाहीमा १०९ केजी गाँजासहित दुई जना पक्राउ

  • सोमबार १८ साउन २०८३ ०७:०९ AM
जिल्ला सर्लाही, लालबन्दी नगरपालिका-१ स्थित जिल्ला ट्राफिक कार्यालय नवलपुर अगाडि १०९ केजी गाँजासहित दुई जना भारतीय नागरिकलाई पक्राउ गरिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुर सर्लाही र इलाका प्रहरी कार्यालय नवलपुरबाट खटिएको संयुक्त प्रहरी टोलीले पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बागमतीबाट जनकपुरतर्फ जाँदै गरेको बी आर ०९ एम ३७ ६६नम्बरको भारतीय कार रोकी चेकजाँच गर्ने क्रममा