किन लगातार स्थगित भइरहेको छ प्रतिनिधिसभाको शिक्षा समिति बैठक ?

  • सोमबार १८ साउन २०८३ ०५:४४ AM
काठमाण्डु– प्रतिनिधिसभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति बैठक दोश्रोपटक पनि स्थगित भएको छ । समिति सभापति डा. ओजस्वी शेरचनले अर्को बैठकमा जानुपर्ने भन्दै बैठक स्थगन गरेकी हुन् । समिति सचिवालयले सभापतिको अर्को बैठक परेकाले बैठक स्थगित भएको जानकारी गराएको छ । ‘सभापतिज्यूको अर्को बैठकमा सहभागी हुनुपर्ने भएकोले स्थगित भएको बेहोरा माननीय सदस्यज्यूहरु लगायत सबै