धनगढी । नेपाली कांग्रेसका तर्फबाट सुदूरपश्चिम प्रदेशसभा सदस्य प्रकाशबहादुर देउवा ११ महिनादेखि सदनमा अनुपस्थित भएपनि प्रदेशसभा सदस्यका रूपमा पाउने तलब र सेवा–सुविधा भने नियमित रूपमा उनको बैंक खातामा जम्मा भइरहेको खुलेको छ । पूर्वभौतिक पूर्वाधार विकासमन्त्रीसमेत रहेका देउवा गएको २३ र २४ भदौमा भएको जेनजी आन्दोलनपछि २८ भदौमा व्यक्तिगत कामका लागि अमेरिका गएको भएपनि उनी