म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दाना अहिले विश्व कीर्तिमानी पर्वतारोही निर्मल पुर्जा ‘निम्सदाई’को निधनका कारण शोकमा छ । पाकिस्तानको ब्रड पिक आरोहणका क्रममा निधन भएपछि जन्मथलोका आफन्त, साथीभाइ र गाउँलेहरू स्तब्ध बनेका छन् । निर्मलकी आफन्त कमला केसीले चार दिनसम्म सकुशल फर्किने आशामा बसे पनि अन्ततः त्यो आशा निराशामा बदलिएको बताइन् । उनले दुई वर्षअघि दाना आएका