सडक पार गर्ने क्रममा पिकअप गाडीको ठक्करबाट वृद्धको मृत्यु

  • सोमबार १८ साउन २०८३ ११:०१ AM
झापा : झापाको कनकाईमा पिकअप गाडीको ठक्करबाट एकजना वृद्धको मृत्यु भएको छ । आइतबार बिहान साढे ६ बजेतिर पूर्वपश्चिम राजमार्गअन्तर्गत कनकाई नगरपालिका-४ स्थित कोटीहोममा दमकबाट बिर्तामोडतर्फ आउँदै गरेको मे १ च ५१०४ नम्बरको पिकअपले दक्षिणबाट उत्तरतर्फ बाटो क्रस गर्दै गरेका कनकाई-४ का अन्दाजी ७० वर्षका प्रह्लाद शिवाकोटीलाई ठक्कर दिएको थियो ।घाइतेलाई उपचारका लागि बिर्तामोडतर्फ ल्याउँदा ल्याउँदै बाटोमै मृत्यु भएको हो । घाइतेलाई प्रादेशिक अस्पताल भद्रपुरमा ल्याई डाक्टरले चेकजाँच गर्दा मृत्यु भइसकेको थियो ।