एजेन्सी । इण्डोनेसियाको पूर्वी जाभा प्रान्तस्थित मदुरा टापुको उत्तरी जाभा सागरमा एउटा जहाजमा आगलागी हुँदा पाँच जनाको मृत्यु भएको छ भने ४१ जना अझै बेपत्ता छन् । राष्ट्रिय खोज तथा उद्धार निकायका अनुसार मुतियरा सन्तोसा–२ नामक उक्त जहाजमा कुल २ सय ७१ जना सवार थिए । जसमा २ सय ३२ जना यात्री र ३९ जना