युक्रेनको राजधानी किभमा रुसी मिसाइल आक्रमणः ९ जनाको मृत्यु, २८ घाइते

  • सोमबार १८ साउन २०८३ ०४:४८ AM
एजेन्सी । युक्रेनको राजधानी किभमा रुसले गरेको ब्यालेस्टिक मिसाइल आक्रमणमा परी कम्तीमा ९ जनाको मृत्यु भएको छ भने अन्य २८ जना घाइते भएका छन् । रुसी रक्षा मन्त्रालयले शनिवार एक विज्ञप्ति जारी गर्दै आफ्ना सशस्त्र बलहरूले रातभर किभका ड्रोन तथा मिसाइल उत्पादन केन्द्र, सैन्य–औद्योगिक प्रतिष्ठान र सैन्य रसद (लजिस्टिक)केन्द्रहरूलाई लक्षित गरी आक्रमण गरेको जनाएको छ