काठमाडौं । साउन महिनाको तेस्रो सोमबार आज वर्षातका बीच पनि पशुपतिनाथ मन्दिरमा भगवान् शिवको दर्शन तथा पूजा–आराधना गर्न भक्तजनहरूको उल्लेख्य घुइँचो लागेको छ। बिहानैदेखि परेको पानीलाई बेवास्ता गर्दै श्रद्धालुहरू छाता ओढेर तथा वर्षातीको सहारामा पशुपतिनाथ पुगेका छन्। मन्दिर परिसरमा दर्शन, जल अर्पण र पूजा–आराधना गर्ने भक्तजनको भीड देखिएको छ।