चितवन । लगातारको वर्षापछि मुग्लिन–नारायणगढ सडकखण्डका विभिन्न स्थानमा पहिरो र ढुंगा खस्दा सडक एकतर्फी अवरुद्ध भएको छ । सडक डिभिजन भरतपुरका अनुसार तुईन खोला पुल, नाम्सी खोलाको नयाँ पुल क्षेत्रमा माथिबाट ढुंगा खसेको तथा सिमलतालमा लेदो सडकमा बगेपछि सवारी आवागमन प्रभावित भएको हो । पहिरो हटाउन डिभिजनको उपकरण परिचालन गरिसकिएको छ । थप पहिरो नझरेमा करिब एक घण्टाभित्र सडक दुईतर्फी सञ्चालनमा ल्याउने लक्ष्य रहेको जनाइएको छ । वर्षा जारी रहेकाले पहिरोको जोखिम अझै कायम रहेको भन्दै सडक डिभिजनले यात्रु तथा सवारी चालकलाई सडकको पछिल्लो अवस्था बुझेर मात्र सुरक्षित यात्रा गर्न आग्रह गरेको छ ... The post मुग्लिन–नारायणगढ सडकमा पहिरो, एकतर्फी अवरुद्ध appeared first on Kalika Khabar.