विराटनगरमा भारतीय मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

  • सोमबार १८ साउन २०८३ १०:०१ AM
विराटनगर : विराटनगरमहानगरपालिका–४ आयल निगमस्थित कोशी राजमार्गमा आइतबार राति भारतीय मोटरसाइकलको ठक्करबाट एक जना पैदल यात्रीको मृत्यु भएको छ।बरगाछीबाट नेमुवातर्फ जाँदै गरेको बीआर ११ एडब्लू १७२८ नम्बरको भारतीय मोटरसाइकलले पैदल हिँडिरहेका करिब ५० वर्षीय नेपालीलाई ठक्कर दिएको प्रहरीले जनाएको छ। उनी भारतको कोलकाताका स्थायी बासिन्दा भएपनि हाल विराटनगर–४ कदमगाछीमा भरत चौधरीको घरमा डेरा गरी बस्दै आएका थिए। टाउको, गाला र निधारमा गम्भीर चोट लागेका सरकारलाई उपचारका लागि नोबेल शिक्षण अस्पताल