साम्प्रदायिक घटना पूर्वीमधेसमा विगतमा खासै देखिनँ, सुनिनँ। तर, नगन्य संख्यामा हिन्दु–मुस्लिम पोलराइजेसन हुन्थ्यो। कारण भनेको पारिवारिक वा साथीभाइको सम्बन्ध। जुन कुटपिट वा झगडामा सीमित हुन्थ्यो, घृणामा बदलिँदैनथियो। तर, अहिलेको मधेस घटना पूरै घृणामा केन्द्रित भएको छ। राज्यले ‘डेलिबरेटली’ १० वर्षसम्म मधेसमा ‘हेट स्पिच’लाई ‘नर्मलाइज’ हुन दियो। हरेक घटनामा सिडिओ सा’बले संलग्नहरूलाई बोलाउनुहुन्छ, अनि सबैलाई ‘ल ठीक छ, हात मिलाऊ’ भनेर घर