काठमाडौं : आज साउनको तेस्रो सोमबार बिहानैदेखि पशुपतिनाथलगायत देशभरका शिवालयमा दर्शनार्थीको घुइँचो लागेको छ। दर्शनार्थीको सहजताका लागि पशुपतिनाथ मन्दिरका चारै ढोका खोलिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ। पशुपति नाथमा बोल बम यात्रीका लागि विशेष व्यवस्था गरिएको छ। पशुपतिनाथसँगै राजधानीका गोकर्णेश्वर, नागेश्वर, डोलेश्वरलगायत सबै शिव मन्दिरमा पनि भक्तजनको लाम लागेको जनाइएको छ। साउन महिनाको सोमबारलाई भगवान शिवको प्रिय दिन मानिन्छ महिलाहरुले विशेषगरी हरियो रंगका वस्त्र, चुरा र मेहंदी लग