बागमती । मकवानपुरको हेटौँडा नगरपालिका वडा नं ५ चिसापानी रङ्गपथस्थित श्री लक्ष्मीनारायण मन्दिरमा राखिएको सिसमहल धार्मिक पर्यटकको आकर्षण बनिरहेको छ । मन्दिरका लक्ष्मी नारायणको दर्शनसँगै परिसरभित्र आकर्षक दुईवटा सिसमहल दर्शनार्थीको रोजाइमा पर्ने गरेको लक्ष्मीनारायण मन्दिर व्यवस्थापन समितिका अध्यक्ष रामानुज वाग्लेले जानकारी दिए । विभिन्न स्थानमा रहेका सिसमहलमा सर्वसाधारणले सशुल्क मात्रै हेर्न पाउने व्यवस्था भए पनि