काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले सत्तापक्षले आफ्नै कार्यकर्तालाई सडकमा उतारेर आन्दोलनको वातावरण सिर्जना गर्ने र त्यसबाट उत्पन्न हिंसाको दोष विपक्षी दलहरूमाथि थोपर्ने गरेको आरोप लगाएका छन् । महासचिव पोखरेलले सामाजिक सञ्जाल फेसबुकमार्फत सत्तापक्षको रणनीतिमाथि व्यङ्ग्य गर्दै यस्तो टिप्पणी गरेका हुन् । उनले आफ्नै कार्यकर्तालाई आन्दोलनकारीका रूपमा प्रस्तुत गर्ने, उनीहरूसँगै वार्ता गरेर सहमति