पाकिस्तानमा प्रहरी चौकीबाहिर आत्मघाती बम विस्फोट, १४ जनाको मृत्यु

  • सोमबार १८ साउन २०८३ ०२:३५ AM
काठमाडौं । पाकिस्तानको स्वात उपत्यकास्थित एक प्रहरी चौकीबाहिर भएको आत्मघाती बम विस्फोटमा १४ जनाको मृत्यु भएको छ । २२ जना घाइते भएका छन् । विस्फोट आइतबार साँझ अफगानिस्तानको सीमावर्ती खैबर पख्तुनख्वा प्रान्तअन्तर्गत स्वात उपत्यकाको कबालसहरमा विरोध प्रदर्शनका लागि भेला भएका मानिसहरूको भीडनजिक भएको थियो । स्वात जिल्लाका प्रहरी प्रमुख उमर खानका अनुसार प्रहरी टोलीले चौकीको प्रवेशद्वारमा आत्मघाती आक्रमणकारीलाई रोकेर खानतलासी गर्ने प्रयास गरेपछि उनले आफूलाई विस्फोट गराएका थिए । स्वातका डेपुटी इन्स्पेक्टर जनरल अफ पुलिस फिदा हुसेनका अनुसार आक्रमणको जिम्मेवारी हालसम्म कुनै पनि समूहले लिएको छैन । उक्त क्षेत्रमा बढ्दो हिंसाविरुद्ध सरकारले प्रभावकारी कारबाही ... The post पाकिस्तानमा प्रहरी चौकीबाहिर आत्मघाती बम विस्फोट, १४ जनाको मृत्यु appeared first on Kalika Khabar.