काठमाडौं । ग्रिसमा डढेलो निभाउने क्रममा आइतबार दुईवटा हेलिकोप्टर आपसमा ठोक्किँदा दुईजनाको मृत्यु भएको छ । दुर्घटनामा डेनमार्कका एक पाइलट र ग्रिसको फायर सर्भिसका एक सम्पर्क अधिकृतको मृत्यु भएको हो । अर्का बेलायती पाइलट र एक ग्रिक समन्वयकर्ता सामान्य घाइते भएका छन् । दुर्घटना राजधानी एथेन्सबाट करिब ६५ किलोमिटर पश्चिममा रहेको अट्टिका–बोयोटिया सीमाक्षेत्रमा फैलिएको भीषण डढेलो निभाउने क्रममा भएको हो । घटनाको भिडियो सार्वजनिक भएको छ । जसमा एउटा हेलिकोप्टर अर्कोसँग आकासमै ठोक्किएको देखिन्छ । ठोक्किएपछि एउटा हेलिकोप्टरमा आगो लागेको र नजिकैको खोंचमा खसेको थियो । अर्को हेलिकोप्टरले भने आकस्मिक अवतरण गर्न ... The post ग्रिसमा डढेलो निभाउने क्रममा दुई हेलिकोप्टर ठोक्किए, दुईजनाको मृत्यु appeared first on Kalika Khabar.