नेपालगन्ज : बाँकेको जानकी गाउँपालिका करमोहनाकी गीता पासी धाँजा फाटेको खेतमा उभिँदा मन पनि चिरिएको जमिनजस्तै भएको बताउँछिन्। पानीको अभावका बीच सुक्खा खेतमा डल्ला पल्टाउँदै उनले कुनै आशा नमारी धान रोपेकी थिइन्। तर, आज त्यही खेत चिराचिरा परेको छ। धानका बोटहरू सुक्दै गएका छन्। मनले पनि त्यत्तिकै गहिरो पीडाबोध गरेको छ। ‘त्यो बेला सुक्खा खेतमा धान रोप्दा हातका यी औला चिराचिरा परेका थिए। अहिले त खेतसँगै मेरो मन पनि धाँजा फाटेजस्तै भएको छ’ गीता निराश हुँदै भन्छिन्, ‘रोपे