भद्रपुर । लायन्स क्लब अफ बिर्तामोड सिटीले बिर्तामोड–५ डाँडागाउँमा आगलागीबाट प्रभावित तीन परिवारलाई राहत सामग्री वितरण गरेको छ । गत बिहीबार विद्युत् सर्ट भई आगो लाग्दा कृष्णकुमारी ढकाल, बिजुलीसरी राजवंशी र तारा राजवंशीको घर जलेर नष्ट भएको थियो । आगलागीबाट करिब रु ६० लाखभन्दा बढीको क्षति भएको प्रहरीले जनाएको छ । पीडितपरिवारको दैनिक जीवनयापनमा सहज