जनकपुरधाममा निषेधाज्ञा हट्यो, जनजीवन सामान्य बन्दै

  • सोमबार १८ साउन २०८३ ०३:१० AM
जनकपुरधाम । जिल्ला प्रशासन कार्यालय धनुषाले जनकपुरधाम उपमहानगरपालिकासहितका क्षेत्रमा जारी गरेको निषेधाज्ञा पूर्ण रूपमा हटाएको छ । प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलद्वारा जारी सूचनाअनुसार साउन १८ गते सोमबार बिहान ५ बजेदेखि निषेधाज्ञा हटाइएको हो । स्थानीय प्रशासनले यसअघि साउन १६ गते शनिबार बिहान १० बजेदेखि स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(३) बमोजिम निषेधाज्ञा जारी