भरतपुर अस्पतालमा प्रसूति शय्या अभाव, सुत्केरी सेवा ‘म्याट्रेस’ मा

  • सोमबार १८ साउन २०८३ ०२:३४ AM
चितवनको भरतपुर अस्पतालमा प्रसूति शय्या अभाव हुँदा सुत्केरीपश्चातको सेवा ‘म्याट्रेस’ राखेर दिनुपर्ने अवस्था आएको छ । गत असार दोस्रो साताबाट आगामी भदौसम्म अस्पतालमा सुत्केरी सेवा लिनेको उच्च चाप हुने गर्छ । अस्पतालमा प्रसूतिसँग सम्बन्धित शय्याहरू १११ वटा छन् । प्रसूति शल्यक्रियापछि राख्ने ‘गाइने’को ‘पोस्टअप’ २३ शय्या, गाइने शय्या २३, जटिल गाइने १०, प्रसूतिपछि राख्ने ‘पोस्टनेल’