रोनाल्डो किन फर्किएनन् अल नासर ?

  • सोमबार १८ साउन २०८३ ०८:०१ AM
रियाद : क्रिस्टियानो रोनाल्डो र अल नासरबीचको सम्बन्ध फेरि एकपटक चर्चाको शिखरमा छ। साउदी अरेबियाको सबैभन्दा ठूलो नामका रूपमा स्थापित क्लबमा पोर्चुगिज स्टार रोनाल्डो फर्किने विषयले अहिले चर्चा बटुलेको हो। उनको अनुपस्थितिको वास्तविक कारणबारे अल नासर र रोनाल्डो स्वयम्ले स्पष्ट धारणा सार्वजनिक नगरे पनि क्लबको आर्थिक संकट, खेलाडी सरुवामा देखिएको अवरोध र व्यवस्थापनसँग जोडिएका असन्तुष्टिका कारण यो विषय थप पेचिलो बनेको हो।पछिल्ला रिपोर्टअनुसार अल नासरमाथि ८० करोड साउदी रियालभन्दा बढी ऋणको बोझ छ