पेट्रोलियम पदार्थको मूल्य बढ्यो, पेट्रोल २०० रुपैयाँ पुग्यो

  • सोमबार १८ साउन २०८३ ०१:४४ AM
काठमाण्डु – नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ। आइतबार मध्य रातिदेखि लागू हुने गरी पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनमा मूल्यवृद्धि भएको निगमले जनाएको छ। निगमले पेट्रोल प्रतिलिटर तीन, डिजेल र मट्टितेल पाँच रुपैयाँले वृद्धि गरेको छ। यस्तै, हवाई इन्धन आन्तरिकतर्फ २० रुपैयाँ र अन्तर्राष्ट्रियतर्फ प्रतिकिलोलिटर अमेरिकी डलर १३१ ले वृद्धि भएको छ।