मधेशको जनजीवन सामान्य बन्दै, कर्फ्यु र निषेधाज्ञा क्रमशः हटाइँदै

  • सोमबार १८ साउन २०८३ ०२:१५ AM
काठमाण्डु – एक हप्तादेखि अशान्त बनेको मधेशको जनजीवन सामान्य बन्न थालेको छ । जनजीवन सामान्य बन्न थालेपछि विभिन्न स्थानमा जारी गरिएको कर्फ्यु र निषेधाज्ञा क्रमशः हटाउन थालिएको छ । सिरहाको गोलबजार क्षेत्रमा लाग्दै आएको कर्फ्यु आइतबार बेलुकी ७ बजेदेखि हटाइएको छ । सुरक्षा अवस्था सामान्य बन्दै गएको निष्कर्षपछि कर्फ्यु हटाउने निर्णय गरिएको जिल्ला प्रशासन कार्यालय