गण्डकी । गण्डकी प्रदेशका उद्योग तथा पर्यटनमन्त्री यशोदा रिमालले नेपालीमा बढ्दो घुम्ने संस्कृतिले आन्तरिक पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण सहयोग पुगेको बताएकी छन् । मनाङस्थित एकीकृत सेवा कार्यालयमा आइतबार आयोजित अन्तरक्रिया कार्यक्रममा उनले पर्यटन क्षेत्र चलायमान हुँदा आर्थिक गतिविधिमा टेवा पुग्ने उल्लेख गरिन् । “बढ्दो घुम्ने संस्कृतिले पर्यटन व्यवसाय, रोजगारी सृजनासँगै समग्र अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्छ”, मन्त्री