फेरि पक्राउ परे दुर्गा प्रसाईं

  • सोमबार १८ साउन २०८३ ०१:३२ AM
काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं पुनः पक्राउ परेका छन् । उपत्यका अपराध अनुसन्धान कार्यालय टेकु र जिल्ला प्रहरी परिसर भक्तपुरको संयुक्त टोलीले आइतबार राति उनलाई भक्तपुरस्थित आफ्नै निवासबाट पक्राउ गरेको हो । प्रसाईं यसअघि पनि विभिन्न आरोपमा पटक-पटक पक्राउ पर्दै आएका छन् । प्रहरीले यसपटक पक्राउको कारणबारे भने विस्तृत जानकारी सार्वजनिक गरेको छैन ।