निर्मल पुर्जा एक सामान्य पर्वतारोही थिएनन्। तर उनको नश्वर शरीरको असामान्य बिदाइमा पर्वतारोहण क्षेत्र शोक विह्वल बन्नु परेको छ। पाकिस्तानस्थित ८ हजार ५१ मिटर अग्लो ब्रोड पिक हिमालको भयानक हिमपहिरोमा परी निर्मलसहित ६ नेपाली आरोहीको प्राण जाँदा एउटा सन्नाटा महसुस भएको छ।निर्मल तिनै आरोही हुन्, जो सम्भव परियोजनाका अभियन्ता र कीर्तिमानी पर्वतारोही थिए। बिहीबार भने ४३ वर्षीय पुर्जासहित पुरबहादुर गुरुङ (युक्ता), निमा शेर्पा, किली पेम्बा शेर्पा, नवाङ थिन्डु शेर्पा र ग्यालु शेर्पासहित अरू चार विदेशीले सम