बुटवल : बुटवल पाल्पा सडक खण्डमा निर्माणाधीन अवस्थामा रहेको मुलुकको दोस्रो सिद्धबाबा सुरुङमार्ग सम्झौता अगावै पूरा हुने तयारीमा छ। ६९ प्रतिशत भौतिक प्रगति गरेको सुरुङमार्ग निर्माणको अन्तिम म्याद चैत मसान्तसम्म छ। निर्माणस्थलमा चौबिसै घण्टा काम भइरहेको छ। नागढुंगापछिको यो दोस्रो सडक सुरुङमार्ग हो। बुटवल–पाल्पा सडक खण्डलाई बर्खाको समयमा धेरैले मृत्युमार्गको रूपमा हेर्ने गरेका छन्। यात्रुहरूले बर्सेनि यही सडकमा ज्यान गुमाएका छन्। चालु आर्थिक वर्षको चैत मसान्तसम्म निर्माण पूरा गर्ने न