आवश्यक कागजात नभएका १६८ सिटी सफारी र अटो कारवाहीमा

  • आइबार​ १७ साउन २०८३ ०३:५२ PM
झापाका विभिन्न स्थानमा सवारी चालक अनुमतिपत्र (लाइसेन्स), बिल बुक र बिमाबिना सञ्चालन भइरहेका १६८ वटा सिटी सफारी तथा अटोहरूलाई प्रहरीले नियन्त्रणमा लिई कारबाही गरेको छ । ‘आवश्यक कागजात बिना अटो र सिटी सफारी सञ्चालन भइरहेका छन्’ भन्ने जनगुनासो प्राप्त भएपछि नेपाल प्रहरी र ट्राफिक प्रहरीको संयुक्त टोलीले शनिबार विशेष ‘चेकिङ अपरेसन’ सञ्चालन गरेकामा कारबाहीमा परेका